सप्तरीमा दोस्रो मात्राको भेरोसेल खोप लगाइदै, कसको पालो कहिले ?

राजविराज, ३ मंसिर । सप्तरीमा कोभिड–१९ विरुद्ध दोस्रो मात्राको भेरोसेल खोप लगाउने भएको छ । पहिलो मात्राको खोप लगाइएकाहरुलाई सोमवार (मंसिर ६ गते)बाट दोस्रो मात्राको खोप लगाइने स्वास्थ्य कार्यालयले सूचना जारी गरेको छ ।

सूचनाअनुसार जिल्लाभर पालो मिलाएर मंसिर ६ गतेदेखि ९ गतेसम्म खोप लगाइने छ । जसअनुसार ६ र ७ गते राजविराज, हनुमाननगर, कञ्चनरुप र सप्तकोशी नगरपालिका तथा तिलाठी कोईलाडी, महादेवा, तिरहुत, अग्निसाइर कृष्णासवरन र रुपनी गाउँपालिकाको वडा स्वास्थ्य संस्थामा खोप लगाइने छ ।

यसैगरी ८ र ९ गते बोदेबरसाईन, खडक, शम्भुनाथ, सुरुङ्गा, डाक्नेश्वरी नगरपालिका तथा बलान बिहुल, बिष्णुपुर, छिन्नमस्ता र राजगढ़ गाउँपालिकाको वडा स्वास्थ्य संस्थामा खोप लगाइने सूचनामा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस