विश्व चर्पी दिवस: विद्यालयमा सरसफाई

राजविराज, ३ मंसिर । विश्व चर्पी दिवसको अवसरमा शुक्रवार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको दुई वटा विद्यालयमा सरसफाई गरिएको छ भने सरसफाईका सामग्री पनि हस्तान्तरण गरिएको छ ।

युनिसेफको सहयोगमा गाउँपालिका र सप्तरी सामुदायिक विकास केन्द्र, नेपाल राजविराजले पब्लिक माध्यमिक विद्यालय लौनियाँ तिलाठी र उमेश्वर आधारभूत विद्यालय लौनियाँमा सरसफाई गरिएको हो । विश्व चर्पी दिवसको अवसरमा दुवै विद्यालयमा गठित बाल क्लबद्वारा विद्यालय परिसर तथा चर्पी सरसफाई गरिएको गाउँपालिकाका वास सम्पर्क ब्यक्ति किशोरकुमार झाले जानकारी दिए ।

सो अवसरमा युनिसेफको सहयोगमा सप्तरी सामुदायिक विकास केन्द्र, नेपाल राजविराजले दुवै विद्यालयलाई बाल्टिन, जग, हार्पिक, ब्रस, प्याडल डस्टबिन, कभर सहितको ठूलो डस्टबिन, झाडु, फोटोकपी पेपर, रजिष्टर, स्टेपलर, पञ्चिङ, बलपेन, डिस्प्ले बोर्ड, टुल बक्स, र्याकसहितको सामानहरु हस्तान्तरण गरेको छ ।

यसैबीच युनिसेफका वास अफिसर अन्नपूर्णा मिश्रले हेल्थ डेस्क, विद्यालय तथा स्वास्थ्य चौकीको लागि गाउँपालिकालाई पाँच लिटरको २३ जर्किन स्यानिटाइजर हस्तान्तरण गरेकी छन् । सरसफाई कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झा, युनिसेफका वास अफिसर अन्नपूर्णा मिश्र, प्रधानाध्यापकद्वय प्रभाष झा र प्रदिप मण्डल, गाउँपालिकाका वास सम्पर्क ब्यक्ति किशोरकुमार झासहितको सहभागिता थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780