२४ घण्टामा २९६ संक्रमित थपिदा ३६९ जना निको भए

जनकपुर, ३ मंसिर ३ । नेपालमा पछिल्लो २४ घण्टामा २९६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९७२ जनाको कोरोना परिक्षण गर्दा पीसीआर परीक्षणबाट २६१ र एन्टीजेन्ट विधिबाट २५ जनामा कोरोना पुष्टि भएको हो ।

सोही अवधिमा ३६९ जना संक्रमणमुक्त भएका छन् । यसैगरी पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोनाबाट ११ हजार ४९४ जनाको मृत्यु भइसकेको छ । हाल देशभर ७ हजार ५३९ सक्रिय संक्रमित छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस