रौतहटमा हावा भर्ने ट्यांकी पड्किदाँ एकको मृत्यु, एक जना घाईते

जनकपुर । रौतहटको एक मोटर ग्यारेजमा हावा भर्ने ट्याङ्की पड्किँदा एक जनाको मृत्यु भएको छ, भने एक जना घाईते भएका छन् । । कटहरिया बजारस्थित ट्याङ्की पड्किँदा मोटर ग्यारेज सञ्चालक कटहरिया–५ बस्ने गोबरी मियाँका २० वर्षीय छोरा समसुल मियाँको मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख बिरेन्द्र यादवका अनुसार ग्यारेजमा अचानक ट्याङ्की पड्किँदा फलामको टुक्राले टाउकोमा चोट लागेर घाईते भएका समसुललाई उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

सोही घटनामा घाईते भएका २५ वर्षीय जैसी यादव को स्थानीय अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस