धुमधामले मनाइयो सप्तरीमा समाचकेवा महोत्सव

प्रियासिंह थारु
राजविराज, ३ मंसिर । सप्तरीको शम्भुनाथ नगरपालिका–६ लतियाहीमा शुक्रवार समाचकेवा महोत्सव धुमधामकासाथ मनाइएको छ । थारु महिला सभा सप्तरीले समाचकेवा महोत्सवको आयोजना गरेको हो ।

बबीकुमारी चौधरीको अध्यक्षता तथा प्रदेश २ की उपसभामुख उपमा देवको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा थारु महिलाहरुले संस्कृति झल्किने गरी नाचगान गर्दै महोत्सव मनाएकी हुन् ।

सो कार्यक्रममा ललिता चौधरी, थारु महिला समाजकी केन्द्रीय अध्यक्ष गीता चौधरी, आदिवासी जनजाति महाससंघका अध्यक्ष बृजमान तमाङ, समाजसेवी बुद्धसेन चौधरी, कृषि तथा भुमिसुधार सदस्य बिनोद चौधरी लगायतले शुभकामना एवम् समाचकेवा पर्वको महत्व बारे चर्चा गरेका थिए । प्रमोद चौधरीले सञ्चालन गरेको कार्यक्रममा चन्देश्वर चोधरीले स्वागत गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस