सप्तरी उद्योग बाणिज्य संघकाे निर्वाचन : सबै तयारी पुरा, भोली १० बजेदेखि मतदान हुँदै

राजविराज । सप्तरी उद्योग बाणिज्य संघ राजविराजको नयाँ नेतृत्वको लागि भोली मतदान हुँदै छ । संघको ११ औं अधिवेशन अन्तर्गत गत कार्तिक २२ गतेदेखि सुरु भएको निर्वाचन कार्यतालिका अनुसार गत २६ उम्मेदवारी मनोनयन भएको थियो भने भोली मतदानको कार्यक्रम छ।

नेतृत्व सहित १४ पदका लागि निर्वाचन हुने प्रमुख निर्वाचन आयुक्त अधिवक्ता राम कुमार यादवले बताए । निर्वाचनको लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिँदै उनले राजविराजस्थित केअमाबिको प्राङ्गणमा निर्वाचन स्थल रहेको छ भने भोली बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मतदान हुने मधेश लाइभलाई बताए ।

कुल १ हजार ३२२ मतदाता रहेको संघको नेतृत्वको लागि २ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा शंकर दास र लालुप्रसाद अग्रवालले प्यानलसहित उम्मेदवारी दिएका छन् ।

अध्यक्षसहित १४ पदका लागि हुने निर्वाचनमा अध्यक्ष दासको प्यानलबाट उद्योग तर्फको उपाध्यक्षमा रामअशिष स्वर्णकार, बाणिज्य तर्फको उपाध्यक्ष गौरीशंकर साह, महासचिवमा सुरज सिंह, सचिवमा गुलामबदी उजुम खाँ, कोषाध्यक्षमा दिनेश प्रसाद साह, सहकोषाध्यक्ष निर्मल मुन्धडाले उम्मेदवारी दर्ता गराएका छन् । साे प्यानलबाट सदस्य पदका लागि संजय पुर्वे, शिवनारायण साह, प्रमोद प्रसाद साह, कृष्णदेव भगत, अशोककुमार यादव र प्रतापकुमार साहले उम्मेदवारी दर्ता गराएका छन् । सो प्यानलबाट महिला सदस्य पदमा साधना दासको उम्मेदवारी परेको छ ।

यस्तै अग्रवालको प्यानलबाट उद्योग तर्फको उपाध्यक्ष दुर्गानन्द साह, बाणिज्य तर्फको उपाध्यक्ष रमेश साह, महासचिवमा अमृत संचेती, सचिव सुरेन्द्र बिमल यादव, कोषाध्यक्ष प्रमोद काबरा र सहकोषाध्यक्षमा अनिल सिंहले मनोनयन पत्र दर्ता गराएका छन् । साे प्यानलबाट सदस्य पदमा सन्तोष सिंन्हा, बिनोद साह, सचिन्द्र दास, मो. साहिर, सुरेन्द्र साह, कमल साह र महिला सदस्यमा अम्बिका दाहालले मनोननय पत्र दर्ता गराएका छन् । यस्तै सदस्यतर्फ एक जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस