सप्तरी उद्योग बाणिज्य संघः साढे १ बजेसम्म साढे चार सय मत खस्यो

राजविराज, ४ मंसिर । सप्तरी उद्योग बाणिज्य संघ राजविराजमा नयाँ नेतृत्व चयनको लागि आज विहान १० बजेदेखि मतदान सुरु भएको छ । गत कार्तिक २२ गतेदेखि सुरु भएको निर्वाचन कार्यतालिकाअनुसार अध्यक्षसहित १४ पदका लागि मतदान सुरु भएको हो ।

राजविराजस्थित केअ माविको प्राङ्गणमा भइरहेको मतदान अन्तर्गत दिउँसो साढे १ बजेसम्म साढे चार सय जना मतदाताले मत खसालेको प्रमुख निर्वाचन आयुक्त अधिवक्ता राम कुमार यादवले जानकारी दिए । संघमा कुल १ हजार ३२२ मतदाता छन् ।

प्रमुख निर्वाचन आयुक्त अधिवक्ता यादवकाअनुसार दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको छ । ११ औं अधिवेशन अन्तर्गत संघको नेतृत्वको लागि २ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्ष पदमा शंकर दास र लालुप्रसाद अग्रवालले प्यानलसहित उम्मेदवारी दिएका छन् । दासको प्यानलबाट उद्योग तर्फको उपाध्यक्षमा रामअशिष स्वर्णकार, बाणिज्य तर्फको उपाध्यक्ष गौरीशंकर साह, महासचिवमा सुरज सिंह, सचिवमा गुलामबदी उजुम खाँ, कोषाध्यक्षमा दिनेश प्रसाद साह, सहकोषाध्यक्ष निर्मल मुन्धडाले उम्मेदवारी दर्ता गराएका छन् ।

सो प्यानलबाट सदस्य पदका लागि संजय पुर्वे, शिवनारायण साह, प्रमोद प्रसाद साह, कृष्णदेव भगत, अशोककुमार यादव र प्रतापकुमार साहले उम्मेदवारी दर्ता गराएका छन् । सो प्यानलबाट महिला सदस्य पदमा साधना दासको उम्मेदवारी परेको छ ।

यस्तै अग्रवालको प्यानलबाट उद्योग तर्फको उपाध्यक्ष दुर्गानन्द साह, बाणिज्य तर्फको उपाध्यक्ष रमेश साह, महासचिवमा अमृत संचेती, सचिव सुरेन्द्र बिमल यादव, कोषाध्यक्ष प्रमोद काबरा र सहकोषाध्यक्षमा अनिल सिंहले मनोनयन पत्र दर्ता गराएका छन् ।

सो प्यानलबाट सदस्य पदमा सन्तोष सिंन्हा, बिनोद साह, सचिन्द्र दास, मो. साहिर, सुरेन्द्र साह, कमल साह र महिला सदस्यमा अम्बिका दाहालले मनोननय पत्र दर्ता गराएका छन् । यस्तै सदस्यतर्फ एक जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस