सप्तरीको एक सहित सिरहाबाट दुई जना लागुऔषधसहित पक्राउ

राजविराज  । सप्तरीको एकजना सहित सिरहाबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय नागेश्वर भगत र धनुषाको औरही गाउँपालिका वडा नम्बर ५ का २९ वर्षीय रमन कुमार कर्ण रहेका छन् ।

उनीहरु सवार रहेका सिरहाको धनगढीमाई नगरपालिका–१० स्थित प्रदेश नम्बर ०२–०२३– प. ९३९ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

उनीहरुको साथबाट नोफिन १९४ एम्पुल, प्रोमिथोजाईन ३४२ एम्पुल, डाइजोपाम ३८२ एम्पुल र लेवल नभएको १८२ एम्पुल लागुऔषध बरामद गरेको प्रवक्ता बुढाथोकीले बताए ।
पक्राउ परेका दुवै जनालाई लागुऔषध र मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय लहान सिरहामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस