वीरगन्ज महानगरमा राति १० बजेपछि बाजा बजाउन रोक

जनकपुरधाम । वीरगन्ज महानगरपालिका क्षेत्रभित्र राति १० बजेपछि हुने गरेको ध्वनि प्रदूषण न्यून गर्ने उद्देश्यले चर्को आवाजमा डिजे, बाजा र ब्यान्डबाजा बजाउनमा रोक लगाइएको छ।

विवाह, व्रतबन्धसहित विभिन्न मेला–महोत्सवको बहानामा ‘अश्लील’ गीतसंगीत एवं सडकमा आर्केस्ट्राको नृत्यमा रोक लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत समाजमा हुन सक्ने विकृति–विसंगति तथा ‘अश्लील’ गीतसंगीत एवं सडकमा सो नृत्यमा रोक लगाइएको बताइएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस