सप्तरीमा एक वृद्धको घाटी रेटेर हत्या

राजविराज, ८ मंसिर । सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ खुदिबखारीमा एक वृद्धको बुधवार दिउँसो घाटी रेटेर हत्या भएको छ ।

विहानै घरबाट निस्केका सोही ठाउँका ८१ वर्षीय मिश्रीलाल मण्डलको घाटी रेटेर हत्या भएको हो । छिन्नमस्ता सडक खण्डको झौखराही नामक फुलबारीबाट दिउँसो ४ बजेतिर उनको शव बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।

‘घाटी रेटिएको अवस्थामा उनको शव बरामद भएको छ’ उनले मधेशलाइभलाई भने–‘घटनास्थलमा प्रहरी खटाएर अनुसन्धान थालेका छौं ।’

हत्याको कारण भने खुल्न नसकेको उनले बताए ।

तस्बिरः कृष्ण मण्डल (सञ्चारकर्मी)

Author:



क्याटोगरी छान्‍नुहोस