२४ घण्टामा ३३२ संक्रमित थपिदा २३२ जना निको भए

जनकपुर, ८ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ३२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५९० जनाको पीसीआर परीक्षणबाट ३ सय ५ र २ हजार ३३० जनाको एन्टीजेन परीक्षण गर्दा २७ जनामा कोरोना पुष्टि भएको हो । सोही अवधिमा २ सय ३२ जना संक्रमणमुक्त भएका छन् । यसैगरी पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोनाबाट ११ हजार ५१३ जनाको मृत्यु भइसकेको छ । देशभरी ७ हजार ३६९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस