लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

काठमाडौं । आजबाट लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सुरु भएको छ । ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ अभियान सुरु भएको हो ।

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत नेपालमा पनि सरकारी तथा गैरसरकारी संघसंस्थाले सिर्जनात्मक, चेतनामूलक र सन्देशमूलक कार्यक्रम गर्दैछन् । महिला हिंसा नियन्त्रण गर्ने हेतुले २०७५ मंसिर २ गते बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ९ देखि २४ गतेसम्म सामाजिक सचेतना सहित लैंगिक हिंसा विरुद्घको अभियान सञ्चालन गर्न निर्णय गरेको थियो ।

विगत २४ वर्षदेखि सरकारी तथा गैरसरकारी संघ संस्थाले महिला हिंसाविरुद्धको अभियान चलाइरहेपनि महिला हिंसाका घटनामा कमी आएका छैनन् । सरकारले चलाएको अभियान वास्तविक पीडितसम्म पुग्न नसकेको महिला अधिकारकर्मीहरूको गुनासो छ ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार वार्षिक १८ देखि २० हजार महिला हिंसाका घटना भएको देखिन्छ । त्यसमा सबैभन्दा बढी घरेलु हिंसाका घटना छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस