पर्सामा २७७ बोत्तल लागुऔषधसहित चारजना पक्राउ

जनकपुरधाम । प्रहरीले पर्साबाट लागूऔषध ओसार पसार गरीरहेको अवस्थामा दुई ट्रक सहित चारजनालाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका ७ का ३५ वर्षीय अनुप बर्तौला, हेटौडा ७ का ४५ वर्षीय राजु बस्नेत, हेटौडा ६ का ३१ वर्षीय प्रमोद श्रेष्ठ र झापाका मेची नगरपालिका १ का ५० वर्षीय गोपाल थापा रहेका छन् ।

वीरगञ्ज महानगरपालिका २५ बहुअरी स्थित ड्राईपोर्टबाट परवानीपुरतर्फ जाँदै गरेका बा.३ ख ८८०८ नम्बरको मिनि ट्रक र सोहि सडकखण्डमा ना.५ ख ६८७७ नम्बरको ट्रकबाट प्रहरीले लागू औषध बरामद गरेको हो ।

बा ३ ख ८८०८ नम्बरको ट्रकको चेकजाँच गर्दा चालक बस्ने सिटमुनिबाट कोरेक्स ५४ बोतल र ना ५ ख ६८७७ नम्बरको ट्रकको चालक बस्ने सिटमुनि बोराभित्र कोरेक्स २ सय २३ बोत्तल गरी जम्मा २ सय ७७ बोत्तल लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनीहरुमाथि लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्त एवं प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस