सप्तरीमा बसले मोटरसाईकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं ५ स्थित सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम बाट पुर्व तर्फ जादै गरेको प्रदेश २–०१–००१ प ०२९१ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ गइरहेको ना ३ ख ३१४९ नम्बरको बसले ठक्कर दिदा दुर्घटना भएको हो ।

दर्घटनामा परी मोटरसाईकल चालक सिन्धुलीको दुधौली नगरपालिका वडा नं ७ का ४० वर्षीय कुमार बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी गम्भिर घाइते भएको बस्नेतको सिरहा स्थित सप्तऋषी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

बस र मोटरसाईकल ईलाका प्रहरी कार्यालय कडरवोनाको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस