थप ३०८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

जनकपुर । देशभर पछिल्लो २४ घण्टामा थप ३०८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ८ हजार ९०९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २८१ र एन्टिजेन विधिबाट २७ जनामा संकमण पुष्टि भएको हो ।

सोही अवधिमा देशभरबाट थप २९८ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ८ लाख १ हजार ४२० पुगेको छ ।

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर ७ हजार ३४९ जना सक्रिय संक्रमित छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणको कारण ११ हजार ५ सय १६ जनाको मृत्यु भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस