‘लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन संवादका माध्यमबाट फिर्ता लिनुपर्छ’

जनकपुर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन संवादका माध्यमबाट फिर्ता लिनुपर्ने बताएका छन् । चितवनमा सुरु भएको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘लिम्पियाधुरा लिपुलेक र कालापानीको हाम्रो भूगोल हामी नेपालको नक्सामा समेटेका छौँ । त्यसलाई संविधानको अंग बनाएका छौँ । तर, त्यो जमिन हामीले फिर्ता लिनुपर्नेछ,’ उनले भने, ‘हामी छिमेकीसँग संवादको माध्यमबाट त्यो जमिन फिर्ता लिनेछौँ । फिर्ता नलिएसम्म हामीलाई दबिएको, हेपिएको भन्ने अनुभूति भइरहन्छ । त्यसैले हामी त्यो जमिन फिर्ता लिएर हामी वास्तविक मित्रता, वास्तविक छिमेकीको सम्बन्ध कायम गर्न चाहन्छौँ ।’

अध्यक्ष ओलीले अब विश्व सहकार्यका साथ अघि बढ्नुपर्ने समय रहेको बताए । ‘हामी सबैसँग समदूरीको सम्बन्ध चाहन्छौँ । ठूला–साना, गरिब–धनी, जनसंख्यामा जे भए पनि सबै राष्ट्रहरूको सार्वभौमसत्ता समान छ, सबैले सबैलाई समान हिसाबले लिनुपर्छ । एमाले यस्तो समानतामा विश्वास राख्दछ,’ ओलीले भने ।

उनले एमालेले कसैलाई पनि शत्रु र मित्रुका रुपमा नलिएर आपसी समझदारी र सहकार्यबाट अघि बढ्न चाहेको बताए । ‘पारस्परिक हित, पारस्परिक सम्बन्धका आधारमा हाम्रो विदेश सम्बन्ध अघि बढ्छ । छैन कसैसँग शत्रुता, सबैसँग मित्रता भन्ने हाम्रो मूल नीति हो । हामी त्यस नीतिलाई अवलम्बन गर्छौ । हाम्रो छिमेकीहरुसँग कतिपय कुराहरु छलफल गरेर टुंग्याउनुपर्नेछ,’ उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस