अबका दिनमा कुनै नेपालीलाई दुःख नदिने गरी काम गरिनेः प्रधानमन्त्री देउवा

जनकपुर, १० मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले अबका दिनमा कुनै नेपालीलाई दुःख नदिने गरी काम गर्ने बताएका छन् ।

शुक्रबारबाट सुरु भएको नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन कार्यक्रमा शुभकामना मन्तब्य दिँदै उनले यस्तो बताएका हुन् ।

नेकपा एमालेले सरकारका विविध विधान अनुसार थिती बसाल्ने काममा साथ दिनुपर्ने उनको भनाई छ । प्रधानमन्त्री देउवाले अध्यक्ष ओली र आफू जेलमेट भएको बताउँदै त्यो बेला भोगेको दुःखलाई ध्यानमा राखेर अबका दिनमा कुनै नेपालीलाई दुःख नदिने गरी काम गर्नुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले दलहरुबीच सद्भाव, छलफल र संविधान मार्फत हरेक समस्याको समाधान निकाल्न सकिने बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस