‘संविधानलाई अझ समावेशी र संघीयतालाई थप प्रभावी बनाउन सबै राजनीतिक दलले योगदान गर्नुपर्ने’

जनकपुर, १० मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानलाई अझ समावेशी र संघीयतालाई थप प्रभावी बनाउन सबै राजनीतिक दलले योगदान गर्नुपर्ने बताएका छन् ।

शुक्रवार चितवनको नारायणी किनारमा एमाले महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै यादवले यस्तो बताएका हुन् ।

‘नेकपा एमालेले देश र जनताको पक्षमा आफूलाई उभ्याउनुपर्ने’ उनले भने–‘संविधानलाई अझ समावेशी र संघीयतालाई थप प्रभावी बनाउन सबै राजनीतिक दलले योगदान गर्नुपर्ने छ।’

उनले संविधानलाई अझ परिष्कृत बनाएर हामीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप बढी मजबुत बनाउन आवश्यक रहेको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस