‘जग्गामा महिला र पुरुष दुवैको स्वामित्व हुनुपर्छ’

प्रिया सिंह थारु
राजविराज । जग्गामा महिला र पुरुष दुवैको स्वामित्व हुनुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । लैंगिङ्ग हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा सहभागी वक्ताहरुले यस्तो बताएका हुन् ।

‘महिला पुरुषको संयुक्त प्रयास, हुनसक्छ समुदायको विकास’ मुल नाराकासाथ स्थानीय सरकारको लागि जमिनमा संयुक्त स्वामित्व सम्बन्धी अभिमुखिकरण कार्यक्रमका सहभागीहरुले वक्ताहरुले भने–‘महिलाको नाममा मात्र सम्पत्ति हुँदा बिदेशीएका पुरुषको सम्पति वर्वाद भएको घटना धेरै छन् हाम्रो समाज, त्यसले महिला र पुरुष दुवैको स्वामित्वमा जग्गा हुनुपर्छ ।’

महुली सामुदायिक बिकास केन्द्रद्वारा आयोजित कार्यक्रममा अधिवक्ता पार्वती चौधरीले महिलाको नाममा सम्पति हुँदा महिलाको आत्मबल बढ्ने तथा महिला हिंसामा न्युनिकरण हुने स्पष्ट गरिन् ।

वडा नम्वर ७ का वडाध्यक्ष गोपाल चौधरी, ३ का अध्यक्ष अरुण चौधरी, अधिवक्ता केसर खंग, वडा सदस्य जानकी सिंह, सारदा चौधरी, सचिव देवयन्ती साह, कार्यक्रम संयोजक चन्द्रनारायण चौधरी लगायतका सहभागीता थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस