‘टिकटक’ बनाउन खोज्दा कोशी नदीमा खसे नेपाल, ३ घण्टापछि शव बरामद

राजविराज, ११ मंसिर । पाँच साता नवित्दै सप्तकोशी नदीमा शनिवार पुनः एक जनाले हाम फालेका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित ब्यारेजको ५२ नम्बरको ढोकामा झापाको दमक नगरपालिका–६ का ४५ वर्षीय सुभाष नेपालले हाम फालेका हुन् ।

दिउँसो हाम फालेर वेपत्ता भएका नेपालको शव बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेल जानकारी दिए । ‘दिउँसो पौने १२ बजेतिर नेपालले नदीमा हामसँगै खोजतलाश थाले, सोही क्रममा दिउँसो साढे २ बजेतिर उनको शव बरामद भयो’ उनले भने–‘यद्यपी, के कति कारणले उनले हाम फालेको रैछ। अहिले खुल्न सकेको छैन ।’

घटनाको मुचल्का पश्चात थप अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए । मृतक नेपाल स्वास्थ्य कार्यालय मोरङमा अहेव पदमा कार्यरत थिए ।

प्रत्यक्षदर्शीहरुका अनुसार ‘टिकटक’ बनाउने क्रममा उनी पुलबाट नदीमा खसेका थिए । यसअघि गत कार्तिक ६ गते पनि ब्यारेजमा को ३६ प ९२५५ नम्बरको मोटरसाइकल रोकेर सुनसरीको तिलक तिलक दाहालले नदीमा हाम फालेर वेपत्ता भएका थिए ।

उनी अझैं फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस