एमआइएस अपरेटर र फिल्ड सहायकद्वारा प्रदेशस्तरीय समिति गठन

जनकपुर । प्रदेश २ का स्थानीय तहमा कार्यरत एमआइएस अपरेटर र फिल्ड सहायक कर्मचारीहरुले प्रदेशस्तरीय समिति गठन गरेका छन् । शनिवार जनकपुरमा आयोजना गरिएको ८ वटै जिल्लाका कर्मचारीहरुको सम्मेलनबाट प्रदेशस्तरीय समिति गठन गरिएको हो ।

समितिको अध्यक्षमा सुनिल कुमार सिंह (धनुषा), उपाध्यक्षहरुमा अनिल कुमार यादव (सप्तरी), राजिव यादव (बारा) र अरबिन्द कुमार महत्तो (सिरहा), कोषाध्यक्षमा विकास कुमार गुप्ता (महोत्तरी), महासचिवमा जितेन्द्र यादव (पर्सा), सचिवमा विक्की बाबु प्रसाद जयसवाल (रौत्तहट) चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा भुपेन्द्र कुमार यादव (सप्तरी), गोपाल कुमार साह (रौत्तहट), आशिष कुमार साह (धनुषा), श्रीनिवास चौधरी (बारा), सुनिल कुमार यादव (सिरहा), रिंकु यादव (महोत्तरी), शिवानी सिंह (रौत्तहट), शिव कुमार महत्तो (पर्सा) चयन भएका हुन् ।

सोही सम्मेलनबाट राष्ट्रियस्तरीय एमआइएस अपरेटर र फिल्ड सहायक तदर्थ समिति समेत गठन गरिएको छ । सो समितिको संयोजकमा शुसिल कुमार यादव (धनुषा)लाई चयन गरिएको छ ।

यसैगरी सदस्यहरुमा सुरज गिरि (बारा), जलेन्द्र पटेल (रौत्तहट), प्रविण कुमरा शर्मा (महोत्तरी), सरोज कुमार चौलागाई (सर्लाही), रविन्द्र कुमार साह (सप्तरी), मनोज कुमार राउत (पर्सा), उज्जवल विक (सिरहा)लाई सर्वसम्मतले चयन गरिएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस