‘ओमिक्रोन’ भेरियन्टबारे छलफल गर्न सीसीएमसीको बैठक बस्दै

काठमाडौं । नयाँ भेरियन्ट ‘ओमिक्रोन’बारे छलफल गर्न कोभिड १९ संकट व्यवस्थापन समन्वयन कमिटी (सीसीएमसी) को बैठक आज बस्दैछ । कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेसँगै सीसीएमसीको बैठक बस्न लागेको हो ।

नयाँ भेरिएन्ट फैलिएको परिस्थितीबारे बैठकमा छलफल हुनेछ । कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएसँगै सरकारले सर्तकताको पहल सुरु गरेको छ ।

नेपालसँगको सीधा हवाइ उडान भएका मुलुकहरुमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमाक्रोन संक्रमण पुष्टि भएसँगै रोकथामको पूर्वतयारीबारे पहल सुरु गरेको हो । धेरै देशहरुले दक्षिण अफ्रिकासहित संक्रमण भेटिएका मुलुकमा उडान प्रतिबन्ध लगाएका छन । दक्षिण अफ्रिकामा पहिलोपटक पुष्टि भएको अत्यन्तै संक्रामक मानिएको ओमाक्रोन भेरिएन्टलाई डब्लुएचओले भेरिएन्ट अफ कन्सर्नको सूचीमा राखेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780