रौतहटमा तीन बिगाहाको धानमा आगलागी, २ लाख भन्दा बढीको क्षति

जनकपुरधाम । रौतहटमा तीन बिगाहा खेतमा फलेका धानमा आगलागी हुदाँ २ लाख भन्दा बढीको क्षति भएको छ ।

देवाही गोनाही–७ प्रेमपुर गोनाहीका बुधाई राय यादवको खलिहानमा राखिएको धानको भारीमा आगलागी भएको हो । आगलागी बाट खलिहानमा राखिएको ६४० वटा धानको बोझा पूर्णरुपमा जलेर नष्ट भएको पीडितले जनाएको छ । तीन बिगहा धानको भारी जल्दा कम्तिमा २ लाख ५० हजार भन्दा बढीको क्षति भएको स्थानीय अर्जुन यादवले जानकारी दिए ।

प्रहरी र स्थानियहरुको सहयोगमा दमकलले आगलागी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताए । आगलागी भएका कारण खुल्न नसकेको र कसैले आगो लगाएको हुनसक्ने आशंका गरेपनि घटनाको अनुसन्धान भईरहेको डिएसपी भण्डारीले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस