सप्तरीमा कति छन् सक्रिय संक्रमित ?

राजविराज, १३ मंसिर । सप्तरीमा हाल चार जना कोरोना भाइरसका सक्रिय संक्रमित छन् । स्वास्थ्य कार्यालयले दिएको पछिल्लो तथ्यांकअनुसार आज तीन जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या चार जना पुगेको हो ।

हालसम्म सप्तरीमा एन्टिजेन परीक्षणबाट २ हजार ७२० र पिसिआर परीक्षणबाट २६ हजार ५५८ जनाको परीक्षण गरिएको छ । जसमध्ये एन्टिजेन परीक्षणमा ४२० र पिसिआर परीक्षणमा ३ हजार ८६८ जनामा संक्रमण देखिएको थियो ।

हालसम्म संक्रमितमध्ये १६२ जनाले ज्यान गुमाइसकेको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस