थप २५९ जना संक्रमित, एकको मृत्यु

जनकपुर, १३ मंसिर। मुलुकभर थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ७ हजार २३१ पीसीआर र २ हजार ६५७ जनाको एन्टिजेन परीक्षण गर्दा २५९ जना संक्रमित थपिएका छन् । सो अवधिमा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल मुलुकभर ६ हजार ९४४ सक्रिय संक्रमित रहेका छन् । यसैगरी २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय २४ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस