सामाजिक रुपान्तरणको पहलमा प्रदेश सरकार अब्बल : मुख्यमन्त्री राउत

जनकपुरधाम, १३ मंसिर। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक रुपान्तरणको पहलमा प्रदेश सरकार अब्बल रहेको दावी गरेका छन् ।

नेपाली सेना स्टाफ कलेजका शिक्षार्थी अधिकृतहरुले सोमवार मुख्यमन्त्री निवासमा आयोजना गरिएको अन्तरक्रियामा उनले यस्तो दावी गरेका हुन् ।

‘सामाजिक संरचनाकै कारण अधिकांश क्षेत्रमा पछि परेको प्रदेशलाई समय सापेक्ष प्रतिस्पर्धी बनाउन प्रदेश सरकारले सामाजिक रुपान्तरणलाई पहिलो प्राथमिकताका राखेको छ’ उनले भने–‘सामाजिक रुपान्तरणकालागि प्रदेशले चालेका कदमहरु अन्य प्रदेशको तुलनामा अब्बल छ ।’

मुख्यमन्त्री राउतले समाजमा पछाडी पारिएका महिला, दलित, मुस्लिम लगायतका समुदायलाई राज्यको मुल स्ट्रिममा ल्याउन सरकारले शुरु गरेको योजनाहरु बारे पनि स्पष्ट पारे ।

‘सामाजिक रुपान्तरणकालागि चालिएका कदमहरु बेटी पढाउ, बेटी बचाउ, स्वच्छता अभियान, दलित सशक्तिकरण ऐन, जनसंख्याको अनुपातमा सरकारी निकायहरुमा आरक्षणको व्यवस्था लगायत छन’ उनले भने ।

कार्यक्रममा नेपाली सेनाका शिक्षार्थी अधिकृतहरुले राखेको जिज्ञासामा मुख्यमन्त्री राउत र मुख्यन्यायधिवक्ता दिपेन्द्र झाले विचार राखेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस