कोरोनाको नयाँ भेरियन्ट भित्रिन नदिन ‘यात्रा व्यवस्थापन आदेश’ जारी गर्ने निर्णय

जनकपुरधाम । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा भित्रिन नदिन सरकारले ‘यात्रा व्यवस्थापन आदेश’ जारी गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ओमिक्रोन देखिएका मुलुकबाट आउने यात्रुको लागि ‘यात्रा व्यवस्थापनसम्बन्धी आदेश’ जारी गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मंगलबार सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले सो जानकारी दिएका हुन् । पछिल्लो समय दक्षिण अफ्रिकी मुलुकमा ‘ओमिक्रोन’ देखिएको पुष्टि भएको छ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग सिमाना जोडिएका नाकाबाट अफ्रिकाबाट आउने यात्रुलाई रोक लगाउने निर्णय गरेको छ । विमानस्थल र नाकामा ओमिक्रोन भाइरसको सङ्क्रमण छ वा छैन भनेर सरकारले निगरानी गरिरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस