मुलुकभर २३८ संक्रमित थपिए, ५ जनाको मृत्यु

जनकपुर, १८ मंसिर । मुलुकभर थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७९७ जनाको स्वाब परीक्षण गर्दा २३८ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा मुलुकभर ३९२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या आठ लाख चार हजार १०८ पुगेको छ । हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ६ हजार ७४४ छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर ५ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५४० पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस