राजविराज कारागारका एक कैदीबन्दीको मृत्यु

राजविराज, २ पुस। सप्तरीस्थित राजविराज कारागारका एक जना कैदीबन्दीको शुक्रवार मृत्यु भएको छ । पेट दुख्न थालेपछि उपचारकोलागि अस्पताल लगिएका ५८ वर्षीय उदव प्रसाद खतिवडाको मृत्यु भएको हो ।

‘विहान ८ बजेतिर पेट दुख्यो भनेपछि उपचारको लागि खतिवडालाई निजी क्लिनिकमा लगेका थियौं’ जेलर सुमन कोइरालाले भने–‘क्लिनिकमै खतिवडा वेहोस भए, त्यसपछि उनलाई गजेन्द्रनारायण सिंह अस्पतालको इर्मेजेन्सी वार्डमा भर्ना गरेका थियौं ।’

उपचारकै क्रममा उनको विहान सवा ११ बजे मृत्यु भएको जेलर कोइरालाले बताए । चिकित्सकका अनुसार उनको हर्ट एट्याकबाट मृत्यु भएको जेलर कोइरालाको कथन छ ।

सुनसरीको दुहबी ४ का खतिवडा कागजात किर्ते गरी ठगी सम्बन्धी मुद्दामा २०७५ साउन १७ गतेदेखि पुर्पक्षकालागि कारागारमा थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस