सडक दुर्घटना हुँदा सप्तरीका एकै परिवारको ३ जनाको मृत्यु

राजविराज, २ पुस। सिरहाको लहान नगरपालिका–३ स्थित लहान–ठाडी सडकखण्डमा सवारी दुर्घटना हुँदा सप्तरीका एकै परिवारको तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

घरतर्फ आउँदै गरेको प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकललाई स १ क २६१ नम्बरको टिपरले ठक्कर दिएपछि दुर्घटना भएको हो ।

विहिवार दिउँसो भएको दुर्घटनामा बलान विहुल गाउँपालिका–२ दिघियाका ६० वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ८ वर्षीय नाती अभिषेक यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक डा. तपन दाहालले बताए ।

उनका अनुसार दुर्घटनामा एक जना बच्चा घाइते छन् । टिपर र चालक नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस