विचौलीया कार्यमा संलग्न ४ जना पक्राउ

विराटनगर । मोरंगको विराटनगरबाट विचौलीया कार्यमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१९ का ४६ वर्षिय विनोद राय, विराटनगर–५ का ६० वर्षिय रामा सुनुवार, ४५ वर्षिय दिलीप साह र विराटनगर–१२ का ३९ वर्षिय शिव कुमार कामत रहेका छन । विराटनगर महानगरपालिका–७ बाट उनीहरुलाई पक्राउ गरेको हो ।

उनिहरुले सर्वसाधारणलाई आफ्नो सम्पर्कमा रहेको चिकित्सक तथा कमिशन दिने फार्मेसीमा औषधी खरिद गर्न बाध्य गराउने जस्ता कार्य गराउदै आएका कारण पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ । उनीहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस