आईडियल सहकारीको मुनाफा साढे ३ करोड

राजविराज, ३ पुस। सप्तरीको राजविराजस्थित आईडियल सहकारी संस्था लिमिटेडले ३ करोडबढी रुपैयाँ खुद मुनाफा गरेको छ ।

शनिवार आयोजना गरिएको संस्थाको २२ औं साधारणसभामा प्रस्तुत गरिएको प्रतिवेदनअनुसार संस्थाले आर्थिक वर्ष ०७७/०७८ मा कुल ३ करोड ६१ लाख ९४ हजार ५७४ रुपैयाँ खुद मुनाफा गरेको हो । सो मुनाफा अघिल्लो आर्थिक वर्षभन्दा ४१ लाख ४२ हजार ९२५ रुपैयाँले वृद्धि भएको संस्थाका अध्यक्ष गणेशकुमार आशद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा छ ।

संस्थाले अघिल्लो आर्थिक वर्षमा ३ करोड २० लाख ५१ हजार ६४९ रुपैयाँ मुनाफा गरेको थियो । संस्थाले आर्थिक वर्ष ०७७/०७८ मा कुल १० करोड १० लाख ६८ हजार ५४३ रुपैयाँ आम्दानी गरेकोमा ८ करोड ४७ लाख ७५ हजार ३७७ रुपैयाँ ब्याजमा खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कुल ८ करोड २० लाख ४० हजार ५ सय शेयर पुँजीको संस्थाले १ अर्ब ६ करोड ४ लाख १० हजार ४६ रुपैयाँ बचत संकलन गरेको छ भने ७४ करोड ४३ लाख २९ हजार ६६३ रुपैयाँ ऋण लगानी गरेको छ । राजविराज बाहेक पातो र हनुमाननगरमा समेत सेवा केन्द्र सञ्चालन गर्दै आएको संस्थाले यस आर्थिक वर्षबाट आईडियल स्मार्ट एपमा सेवाहरु पनि थप गरिएको अध्यक्ष आशले बताए ।

मिस्डकल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ, फण्ड ट्रान्सफर सेवा, ईसेवा वाईलेटमा लोड, एटीएम लगायतका सेवाहरु थप गरिएको उनले जानकारी दिए ।

अध्यक्ष आशकै अध्यक्षतामा आयोजना गरिएको साधारणसभामा संस्थाका उपाध्यक्ष विजयानन्द झाले बजेट प्रस्तुत गरेका थिए । सभामा स्वागत मनतव्य भने संस्थाका सचिव शैलेशकुमार चौधरीले दिएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780