चलाउन नहुने अवस्थामा रहेका सवारी गुडाउँदा दुर्घटना बढायो : मन्त्री यादव

काठमाडौं, ३ पुस। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले समयमा मर्मत नगरिएका सवारी गुडाउँदा दुर्घटना बढेको भन्दै सरोकारवालाहरूलाई सचेत गराएकी छन् । शनिबार नेपाल रिकन्डिसन अटो व्यवसायी संघको प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

‘चलाउन नहुने अवस्थामा रहेका सवारी गुडाउँने गरेकाले दुर्घटना बढायो’ मन्त्री यादवले भनिन्–‘सडकमा गुड्ने सवारीको समयमा मर्मतसम्भार गर्दा दुर्घटनामा धेरै कमी आउँछ ।’ रिकन्डिसन अटो व्यवसायीले सही अवस्थाको गाडी विक्री, वितरण गर्न र सञ्चालन गर्नसमेत मन्त्री यादवले सचेत गराइन् ।

उनले रिकन्डिसन अटो व्यवसायीलाई आफूले कस्तो अवस्थाको गाडी खरिद तथा विक्रि गरिरहेको छु भन्ने तर्फ ध्यान दिन आग्रह गरिन् ।

मन्त्री यादवले ट्राफिक, खराब अवस्थाको गाडी र चालकको कारणले दुर्घटना निम्तिने गरेको उल्लेख गर्दै गाडीको अवस्थाको कारणले दुर्घटना निम्तिन नदिन ध्यानाकर्षण समेत गराइन् ।

Author:



क्याटोगरी छान्‍नुहोस