शिक्षक सेवा आयोगद्वारा साढे दुई हजार शिक्षक माग (विज्ञापनसहित)

जनकपुर, ७ पुस। शिक्षक सेवा आयोगले विभिन्न विषयमा साढे दुई हजार शिक्षकका लागि बिज्ञापन खुला गरेको छ । बुधवार आयोगले विभिन्न कोटामार्फत शिक्षक पदपुर्तीका लागि बिज्ञापन खुलाएको हो ।

विज्ञापनमा निम्नमाध्यमिक तृतीय श्रेणी शिक्षक पदका लागि दुई हजार ५९८ जना माग गरिएको छ । योग्यता पुगेका उम्मेदवारहरुले आज (बुधवार)बाट माघ १३ गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन सक्नेछन् ।

सिंगल दस्तुरमा फारम भर्ने मिति माघ ६ गते सम्मको मात्रै रहेको छ । मागको किसिमममा खुला तथा समावेशी रहेको छ । आदिवासी जनजाति प्रमाणपत्र भएकाहरुले उक्त कोटाका लागि पन फारम भर्न सक्नेछन् ।

विषयगत विज्ञापनमा सबैभन्दा बढी अङ्ग्रेजी विषयका लागि ६२४, विज्ञान विषयका लागि ४३७, नेपाली विषयमा ४३७, गणितमा ३७१, सामाजिक अध्ययनमा ३५३, शुक्लयर्वेदमा एक, गणित–विज्ञानमा ३६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार, संस्कृत कर्मकाण्डमा एक शिक्षक माग गरिएको छ ।

getfiles
Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780