ब्राउन सुगरसहित दुई भारतीय युवक पक्राउ

राजविराज, ७ पुस। सप्तरीबाट ब्राउन सुगरसहित दुई जना भारतीय युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत विहार राज्य सुपौल जिल्लाको भिमनगर ग्राम पञ्चायत–४ का ३१ वर्षीय गोलु भनिने रतन शर्मा र सोही ठाउँका ३५ वर्षीय जय प्रकाश पासवान छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चनरुप नगरपालिका–२ कञ्चनपुरस्थित चेकजाँच गर्ने क्रममा बीआर ५० आर २४९६ नम्वरको मोटरसाइकलमा सवार दुवै जनाको साथबाट २२ ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।

गत आइतवार पक्राउ गरिएको दुवै जनामाथि म्याद थप गराई अनुसन्धान भइरहेको उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780