छुरा प्रहार प्रकरणः हत्याको आरोपमा पाँच जना पक्राउ

लहान, ७ पुस। सिरहाको गोलबजार नगरपालिका–६ मा छुरा प्रहार हत्या गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही वडाका १८ वर्षीय सौकात खान, १९ वर्षीय श्रवणकुमार मण्डल, २० वर्षीय कालु भन्ने रोहन विश्वकर्मा, १९ वर्षीय धर्मेन्द्र यादव र वडा नम्वर २ का २२ वर्षीय भुवनप्रसाद महतो छन् ।

प्रदेश २ प्रहरी कार्यालय जनकपुरधाम, जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारको संयुक्त टोलीले विभिन्न स्थानबाट पाँचै जनालाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।

गत शनिवार साँझ दुबै पक्षबीच विवाद भई झगडा हुँदा वडा ६ डोहटिया टोलका २६ वर्षीय रामकुमार सदा र २६ वर्षीय रिकेश सदामाथि छुरा प्रहार भएको थियो । छुरा प्रहारबाट गम्भीर घाइते भएका रामकुमारको उपचारको क्रममा गोलबजारस्थित भूमिजा अस्पतालमा मृत्यु भएको थियो ।

रिकेश सदाको भने हाल सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटना पश्चात आक्रोशित मृतकका आफन्त तथा स्थानीयले राजमार्ग अवरुद्ध गरी बजार, पसलसमेत बन्द गराएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस