शिक्षक सेवा आयोगको विज्ञापन खारेज गर्न माग

राजविराज, ८ पुस । प्रदेश २ को लागि कम पद संख्या दिएको भन्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले शिक्षक सेवा आयोगको विज्ञापन खारेज गर्न माग गरेका छन् ।

उनले विहिवार सामाजिक सञ्जालमार्फत यस्तो माग गरेका हुन् । आयोगले निम्नमाध्यमिक तृतीय श्रेणी शिक्षक पदका लागि प्रकाशन गरेको विज्ञापनमा प्रदेश नं. २ कोलागि रहेको पद संख्या प्रति आपत्ति जनाउदै उनले भने– ‘आयोगको यस अस्वभाविक, अदुरदर्शि, अवैज्ञानिक एवं पक्षपातपूर्ण रहेको दावी गर्दै विज्ञापनलाई तुरुन्त संसोधन/खारेज गर्न सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण होस् ।’

बदनियतपूर्ण कार्यलाई कुनैपनि हिसाबले स्वभाविक नमान्ने उनको कथन छ । प्रदेश २ मा साक्षरता, प्रतिव्यक्ति आय, औषत आयु र मृत्युदर लगायत समग्र मानव विकास सूचकांकको हिसाबले समेत सबैभन्दा पछाडि रहेको उल्लेख गरेका छन् ।

आयोगले गत बुधवार निमावि तहमा २ हजार ५९८ शिक्षकका लागि विज्ञापन खुलाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस