जनमत पार्टीका कार्यकर्ताद्वारा ट्रकमा आगजानी, एक दर्जन गाडी तोडफोड

लहान, ११ पुस । डा.सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले आइतवार सिरहामा एक ट्रकमा आगजानी गरेका छन् भने एक दर्जनबढी सवारीसाधानमा तोडफोड गरिएको छ ।

मल लुटेको भन्दै किसानलाई पक्राउ गरेको विरोधमा जनमत पार्टीले जिल्ला बन्दको आह्वान गरेको थियो । बिहानैदेखि बन्द गराउँदै हिँडेका पार्टीका कार्यकर्ताहरुले दिउँसो पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिकामा ना.५ख ५५२२ नम्बरको ट्रकमा आगजनी गरिएको हो ।

सिमेन्ट लोड गरिएको ट्रकमा जनमत कार्यकर्ताले बन्द उल्लंघन गरेको भन्दै आगजनी गरेको बताइएको छ । आगजनीले ट्रकको अधिकांस भाग जलेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

उता, सिरहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले एक दर्जन सवारीसाधान तोडफोड भएको बताए ।

जिल्लाको औरही गाउँपालिकाले किसानलाई वितरण गर्न भन्दै स्थानीय स्वास्थ्य चौकीमा राखेको गहुँको बीउ वितरण गर्न ढिलाई गरेको भन्दै केही किसानले आफैं लिएर गएका थिए । प्रहरीले गहुँ लुटेको आरोपमा ४ जनाविरुद्ध मुद्दा नै दायर गरेपछि किसान र जनमत पार्टी आन्दोलित भएको बताइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस