राजविराजको गनासिं अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

राजविराज, ११ पुस । सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजन प्लान्टको सफल परीक्षण गरि आइतबारदेखि सञ्चालनमा आएको छ ।

अस्पतालका निमित मेडिकल सुपरिन्टेन्डेन्ट डा. रणजित कुमाार झाका अनुसार परीक्षण गरिएको उक्त प्लान्टबाट ८० देखि २९० सिलिन्डर प्रत्येक दिन अक्सिजन आपूर्ति गर्न सकिने छन् । अस्पतालमा १५ वटा भेन्टिलेटर सहितको १५ शैय्याको आइसीयु र ४ वटा भेन्टिलेटर भएको एनआइसीयु सञ्चालनका लागि तयारी अवस्थामा रहेको जनाईएको छ ।

डा. झाका अनुसार योसँगै २५ शैय्याको अत्याधुनिक एचडियु सञ्चालनमा रहेको छ । कोरोना कालदेखि नै सञ्चालनमा रहेको छ । उक्त सेवाहरु नियमित र व्यवस्थित रुपमा सञ्चालनका लागि मन्त्रालयमा पहल भईरहेको तथा सहयोगको आश्वासन पाएको निमित मेडिकल सुपरिन्टेन्डेन्ट डा. झाले जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस