दुई ट्याक्टर गाँजाको बोट जलाएर नष्ट

कमलकुमार मण्डल
राजविराज, ११ पुस । सप्तरी प्रहरीले ठुलो परिमाणमा गाँजा बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट फडानी गरेर ल्याइएको करिब २ ट्याक्टर गाँजा आइतवार पत्रकार सम्मेलन गरी जलाएर नष्ट गरिएको हो ।

गत साउनदेखि हालसम्म ७ हजार ४६९ बोट गाँजा फडानी गरिएको एसपी अविनारायण काफ्लेले बताए ।

उनले गाँजा फडानी अभियान अन्तर्गत जिल्लाका विभिन्न स्थानमा लगाइएको गाँजा बोट फडानी गरिएको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस