यसरी पठाइन्छ राजविराज हुँदै काठमाडौंसम्म लागुऔषध !

राजविराज, ११ पुस । सप्तरीमा लागुऔषधको खुलेआम कारोबार भइरहेको सर्वत्र गुनासो बढ्न थालेपछि प्रहरीले निगरानी बढाएको छ । सोही क्रममा प्रहरीले राजविराज हुँदै काठमाडौंसम्म लागुऔषध पठाउने गिरोहका दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका बसको सहचालक जिल्लाको कंचनरुप नगरपालिका–८ का ३६ वर्षीय संजय भुजेल र बोदेबरसाईन नगरपालिका–५ जाँजरका २१ वर्षीय मो.अब्दुललाई आइतवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । राजविराजको रात्री बसबाट लागुऔषध काठमाण्डौंतर्फ ओसार–पोसार भइरहेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ठुलो परिमाणमा लागुआषधसहित भुजेललाई नियन्त्रणमा लिएको छ ।

राजविराज नगरपालिका–२ स्थितमा पार्किङमा राखिएको ना.८ ख.५८३७ नम्वरको बिशाल मेट्रो नामक बसमा लोड गरी राखिएको अवस्थामा ३ हजार १ सय पत्ता नाइट्राभेट ट्याब्लेट, २८८ थान एसपीएम प्रोसिभोम क्याप्सुल र ३९९ थान डायलक्स डिसी बोतल बरामद भएको एसपी अविनारायण काफ्लेले बताए ।

अनुसन्धानकै क्रममा मो.अब्दुलले सो लागुऔषध अटो रिक्सामा ल्याएको बसमा लोड गरेर राखेको एसपी काफ्लेले पत्रकार सम्मेलनमा बताए । पक्राउ परेका दुवै जनामाथि म्याद थप गराई अनुसन्धान भइरहेको जनाएको छ ।

श्रोतकाअनुसार मो.अब्दुल ओसारपोसार गर्ने भरिया मात्रै हुन् । विगत ३ वर्षदेखि भारतबाट लागुऔषध खरिद गर्न लगाउनेदेखि बोदे बरसाइन वडा नम्वर ५ जाँजरमै स्टोर गरेर राख्ने र माग अनुसार धरान र काठमाडौंसम्म पठाउन गिरोह नै सक्रिय छन् । यद्यपी, ती व्यक्तिहरुमाथि प्रहरीको नजर पर्न सकेको छैन् ।

Author:



क्याटोगरी छान्‍नुहोस