जनमत पार्टीका कार्यकर्तामाथि प्रहार, दाेषीलाई कार्वाहीकाे माग

राजविराज, ११ पुस । सप्तरीमा एक जनप्रतिनिधि सहितका व्यक्तिले जनमत पार्टीको कोणसभालाई लक्षित गरी कार्यकर्तामाथि प्रहार गरेको भन्दै पार्टीले दोषीलाई कार्वाही गर्न माग गरेको छ ।

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका-११ स्थित सामुदायिक भवनमा आयोजित कार्यक्रममा सोही वडाका वडाध्यक्ष मोहित नरायण यादवले पार्टीको कार्यकर्तामाथि आक्रमण गरिनुका साथै मोटरसाइकलमा समेत तोडफोड गरेको पार्टीका सचिव थानेश्वर साहले विज्ञप्ती जारी गर्दै जानकारी गराएका हुन् ।

विज्ञप्तिमा यस प्रकारको अराजक एवं निन्दनीय हर्कतको जिल्ला कार्यकारिणी समितिले घोर विरोध एंव भत्र्सना गर्दै दोषीलाई कडा कार्वाही गर्न विज्ञप्ती मार्फत माग गरिएको छ । साथै मोटरसाइकलमा भएको क्षतिको उचित क्षतिपुर्ति समेत उपलब्ध गराईदिन सम्बन्धित निकायसँग आग्रह गरिएकाे छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780