थप २७१ जना संक्रमित, २२५ जना संक्रमणमुक्त

जनकपुरधाम । मुलुकभर पछिल्लो २४ घण्टामा २७१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ९ हजार १५७ जनाको पीसीआर परीक्षण गर्दा २५१ जना र १ हजार ७२९ जनाको एन्टीजेन परीक्षण गर्दा २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगैै नेपालमा हाल संक्रमितको कुल संख्या ९ लाख २३ हजार ६७३ पुगेको छ । सोही अवधिमा २२५ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म ८ लाख ११ हजार ५ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ५८६ जना संक्रमितको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको कुल संख्या ४ हजार ९३१ जना रहेको मन्त्रालयले जनाएकोे छ ।

Author:



क्याटोगरी छान्‍नुहोस