सप्तरीमा अज्ञात व्यक्तिद्वारा ट्रक जलाइयो

राजविराज, १६ पुस । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ महुली पुलमा आज दिउँसो एक ट्रकमा आगजनी भएको छ ।

गिट्टी बोकेर पूर्वतर्फ जादैँ गरेको ना ६ ख ७६२९ नम्वरको ट्रकमा आगजनी भएको हो । आगजनीबाट ट्रकको अगाडीको भाग जलेको छ । ट्रकमा लगाइएको आगो नियन्त्रणकोलागि वारुणयन्त्र खटाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले अज्ञात व्यक्तिद्वारा ट्रकमा आगजनी गरेको बताए । ‘ट्रकमा कसले आगो लगाएको विषय खुल्न सकेको छैन्, हामी अनुसन्धान गर्दैछौं, उनले मधेशलाइभसँग भने ।

Author:



क्याटोगरी छान्‍नुहोस