पिएम कप प्रदेशस्तरीय छनोट खेलः फाइनलमा धनुषा र बारा भिड्ने

राजविराज, २० पुस । सप्तरीको राजविराजमा संचालित प्रदेशस्तरीय प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत खेलाडी छनोट खेलमा धनुषा र बारा फाईनलमा प्रवेश गरेको छ । मंगलवार सम्पन्न खेलमा धनुषाले सिरहालाई ७ बिकेटले पराजित गरेको छ ।

टस जितेर सिरहाले ३३ ओभर ६ बलमा सबै बिकेट गुमाएर ११६ रन बनाए । प्रतिउतरमा धनुषाले २७ ओभर ४ बलमा ३ विकेट गुमाउँदै जित हात पारे । सो खेलको म्यान अफ दि म्याच धनुषा टिमका बिकास सुशलिंग घोषित भए ।

यसअघि सम्पन्न खेलमा बाराले ९५ रनले सप्तरीलाई पराजित गरेको हो । टस जितेर बाराले ४६ ओभरमा ७ बिकेट गुमाएर २६१ रनको योगफल खडा गरे । प्रतिउतरमा सप्तरी ३७ ओभर २ बलमा सबै बिकेट गुमाएर १६६ रनमै समेटियो ।

सो खेलको म्यान अफ दि म्याच बारा टिमका अरनिको यादब घोषित भएको आयोजकले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस