सर्वपक्षीय बैठकको निष्कर्ष–जनमत पार्टीको हर्कतले सर्वसाधारणमा त्रास पैदा भयो

राजविराज, २० पुस । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले पूर्व पश्चिम राजमार्गमा आवतजावत गर्ने सर्वसाधारणलाई त्रास पैदा गरी सास्ती थपेको सप्तरीमा आयोजना गरिएको सर्वदलीय/सर्वपक्षीय बैठकबाट निष्कर्ष निकालिएको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकबाट प्रदेश २ मा राजमार्गमा सवारी साधन सञ्चालनमा अवरोध गर्दै ट्रकमा आगजनी एवम् लुकिछिपी गाडीमा ढुंगा हान्ने जस्ता हर्कतले सर्वसाधारणमा त्रास पैदा भएको निष्कर्ष निकालिएको हो ।

बैठकबाट सो पार्टीलाई लोकतान्त्रिक विधि र प्रक्रिया अपनाई शान्तिपूर्ण रुपमा विरोधका कार्यक्रम गर्न आह्वान गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । सोही बैठकबाट जिल्लामा शान्ति–सुव्यवस्था कायम गर्न स्थानीय प्रशासनलाई सम्पुर्ण राजनैतिक दल र स्थानीय तहले आवश्यकता अनुसार थप सवारी साधन लगायत अन्य सहयोग उपलब्ध गराउने निर्णय समेत भएको छ ।

त्यसैगरी बढ्दो ठण्डीका कारण स्थानीय तह, रेडक्रस, उद्योग बाणिज्य संघसहित विभिन्न संघ संस्थालाई शितलहरबाट प्रभावित हुने विपन्न परिवार पहिचान गरी न्यानो कपडा प्रदान गर्ने, चोक चोकमा दाउरा बाल्ने लगायतका कार्य गर्न अनुरोध गर्ने निर्णय भएको छ ।

त्यसैगरी जिल्लामा गहुँको सिजनमा किसानको माग धान्ने गरी मलखादके आपूर्ति नभई किसानहरु प्रताडित भएको हुँदा थप मलखादको लागि संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अनुरोध गरिनुका साथै जिल्लामा प्राप्त मलखाद न्यायोचित ढंगले वितरण गर्न राजनीतिक दल, स्थानीय तह र सरोकारवाला निकायहलाई सहयोग गर्नुपर्ने निर्णय भएको प्रजिअ गौतमले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780