मुलुकभर ५४० जना कोरोना संक्रमित थपिए

जनकपुर, २२ पुस । मुलुकभर पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७२०९ र एन्टिजेन विधिबाट ४८९० जनामा परिक्षण गर्दा ५४० जनामा कोरोना संक्रमण देखिएको हो ।

याेसँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ३० हजार ४८० र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार ४४५ जना पुगेको छ।

साेअवधिमा २७१ जना कोरोना संक्रमण मुक्त भएका छन् । याेसँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख १३ हजार ४४७ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४३१ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । याेसँगै ज्यान गुमाउनको कुल संख्या ११ हजार ६०२ छ ।

Author:



क्याटोगरी छान्‍नुहोस