कोशी पिडितले कहिले मुआब्जा पाउने सरकार ?

राजविराज, २२ पुस । कोशी नदीबाट पिडित रहेका किसानहरुले सम्झौता अनुरुप क्षतिपूर्ति अबिलम्ब व्यवस्था गर्नकालागि पहल गरिदिन सरोकारवालासगँ आग्रह गरेका छन् । कोशी नदी कटान डुवान पिडीत संघर्ष समितिले (आज) विहिवार राजविराजमा पत्रकार सम्मेलन गर्दै आफुहरु मारमा परेकाले मुआब्जा उपलब्ध गराउन पहल गरिदिन सम्पुर्ण सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।

‘कोशीको बहावले क्षति भएको बालिको सम्झौता अनुसार क्षतिपुर्तिकालागि भारत सरकार सकारात्मक भएको’ समितिका संयोजक महिदेव प्रसाद चौधरीले – ‘२०७४ सालमा दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शेर वहादुर देउवाले त्रिभुवन विमान स्थलमा पत्रकार सम्मेलनमार्फत कोशी पिडितलाई क्षतिपुर्ती मुआब्जा दिने तय भएको आश्वासन दिएपनि आजसम्म हामीले केही नपाएको गुनासो गरे ।’ उनका अनुसार सप्तरी, सुनसरी र उदयपुर गरि ७ हजार ६६३ बिगाहा ८ कठ्ठा २ धुर जग्गाको नेपाल र भारतबाट निरीक्षण समेत भएको हो । ४९ हजार विगाहा छुट भएको जग्गालाई समेत निरीक्षण गर्न पक्रिया अगाडि बढाइएको उनको भनाई छ ।

चतरादेखि कुनौलीसम्म पचासौं हजारभन्दा बढी हामी जस्ता किसानहरु मारमा परेकाले, निर्णय अनुसार क्षतिपुर्ति पाउने व्यवस्था गरिनु आवश्यक रेहको सुनसरीका रामनारायण प्रसाद गुप्ताले बताए । दुवै देशको सरकार बीच २०११ सालमा भएको कोशी वैरेज सम्झौतामा भारत सरकारले उक्त क्षतिपुर्ति दिने उल्लेख रहेकाले सम्झौता अनुसार क्षति व्यवस्था गरिदिन उनको तर्क छ ।

सम्झौतामा प्रत्येक जनताले आफ्ना जग्गाको मुआब्जा पाउने लेखिएकोले कार्यान्वयन गर्न, गराउन सम्पुर्ण पक्षसगँ अर्का पिडित भुवनेश्वर प्रसाद उरावले अनुरोध गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस