राजविराजमा ग्लोबल बैंकले सुरु गरे डिजिटल अभियान

राजविराज । ग्लोबल आइएमई बैंकले राजविराजमा डिजिटल अभियान सुरु गरेको छ । डिजिटल अभियानका लागि बिहीबार एक कार्यक्रम बीच ग्लोबल आइएमई बैंक र राजविराज नगरपालिकाबीच चार बुँदे सहकार्य भएको हो ।

सहकार्यपत्रमा बैंकका तर्फबाट राजविराज शाखा प्रमुख मनिष महासेठ तथा नगरपालिकातर्फबाट नगर प्रमुख शम्भुप्रसाद यादवले हस्ताक्षर गरेका छन् ।

सहकार्य अनुसार नगरपालिकाले नगरको विभिन्न स्थानमा फ्रि वाईफाई जडान गर्नेछ । बैंकले नगरको विभिन्न क्षेत्रमा रहेको पसल, उद्योग, हाटबजार र माछा हटिया लगायतका स्थानमा खाता खोलि क्युआर कोड र पिओएस मेशिन प्रदान गर्ने छ ।

यस्तै बैंकले नगर क्षेत्रका लागि नगरपालिकाको सहकार्यमा ३० वटा डस्टबिन प्रदान गर्ने लगायतको समझदारी भएको राजविराज नगरपालिकाले जनाएको छ ।
उक्त समझदारीले नगरवासीले डिजिटल सेवाको सहज रुपमा प्रयोग गर्न पाउनुका साथै सहसरसफाई र नगरको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस