मुलुकभर एकैदिन ९६८ सङ्क्रमित थपिए

जनकपुर, २३ पुस । पछिल्लो २४ घण्टामा देशभर थप ९६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार यो सङ्ख्या बिहिबारभन्दा झण्डै दोब्बर हो ।

बिहिबार ५४० जनामा सङ्क्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा ८ हजार २७२ जनाले पीसीआर र ६ हजार ६९९ले एन्टीजिन विधिबाट परीक्षण गरिएको थियो ।

साे अवधिमा २६२ कोरोनाबाट निको भएका छन्। याेसँगै निको हुनेको सङ्ख्या आठ लाख १३ हजार ७०९ पुगेको छ। निको हुनेदर ९७ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ७४१ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०२ पुगेको छ। कोरोनाबाट हुने मृत्युदर १ दशमलव ४ प्रतिशत रहेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस